मूल ऐनको दफा १६ को,–(१)उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छः–
“(१) यस ऐनको कार्यान्वयन तथा कम्पनी प्रशासन र नियमन सम्बन्धी कार्यसम्पादनगर्न नेपाल सरकारले निजामती सेवाको कम्तिमाराजपत्राङ्कित प्रथम श्रेणीको एकअधिकृतलाईरजिष्ट्रारको रुपमातोक्नेछर निजको कार्यालयको व्यवस्था गर्नेछ ।
”(२) उपदफा (१) पछि देहायको उपदफा (१क) र (१ख) थपिएकाछन्ः–“(१क) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार प्रदेशमा उपदफा (१) बमोजिमको कार्यालयको कम्तिमा एउटा प्रदेश कार्यालय स्थापना गर्न सक्नेछ ।तर एक प्रदेशमा स्थापना भएको प्रदेश कार्यालयले अर्को प्रदेशको लागि समेत प्रदेश कार्यालयको रुपमा कार्यसम्पादन गर्न सक्नेछ ।(१ख) रजिष्ट्रारको योग्यता र पदावधी तोकिए बमोजिम हुनेछ ।
”(३)उपदफा (४) मा रहेका “कार्यालयको” भन्ने शब्दहरुको सट्टा “कार्यालय वा प्रदेश कार्यालय वा एकल विन्दु सेवा केन्द्रको” भन्ने शब्दहरु राखिएका छन्।
(४)उपदफा (४) मा देहायको स्पष्टीकरण थपिएको छः–“स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “एकल विन्दु सेवा केन्द्र” भन्नाले औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भएको एकल विन्दु सेवा केन्द्र सम्झनु पर्छ ।”